दार्चुला कारागारकाे दुर्दशा : शौचालय गर्न पालो पर्खिनुपर्ने बाध्यता

दार्चुला । २५ जना पुरुष र १५ जना महिला राख्न सक्ने क्षमता भएको जिल्ला कारागार दार्चुलामा अहिले पुरुष कक्षतर्फ झण्डै तीन गुणा पुरुष कैदीबन्दी हुँदा शौचालय जान समस्या भएको छ । शौचालयका सेफ्टी टंयाकी भरिएपछि कैदीबन्दीको लागि शौचालय जान समस्या भएको हो ।
कारागारमा अहिले ५८ जना कैदी र १५ जना थुुनुवा गरी ७३ जना कैदीबन्दी पुगेको जिल्ला कारागार दार्चुलाका जेलर केशवराज अवस्थीले जानकारी दिए । कैदीबन्दीको लागि ६ वटा शौचालय भए पनि अधिकांशमा सेफ्टी ट्यांकी भरिएपछि समस्या भएको छ ।
जेलर अवस्थीका अनुसार शौचालयको सेफ्टी टं्याकी गर्न मेसिन जिल्लामा छैन् । विगतमा महाकाली नगरपालिकाको मेसिनले सफाई गर्ने गरिएकोमा अहिले त्यो बिग्रिएपछि समस्या भएको उनले बताए ।
उनका अनुसार अहिले शौचालय जान कैदीबन्दीले पालो पर्खिनुपर्ने बाध्यता छ । खानेपानी अभाव भएको बेला दमकलमार्फत पनि पूरा गरियो । तर शौचालय भरिएको कारण निकै समस्या छ ।
०२२ सालमा निर्माण गरिएको पूरै कारागार र कार्यालय भवन जीर्ण छ । ०६० साल बढि भएको भवनमा बस्न पनि समस्या छ, उनले भने, भुकम्प आयो भने खतराको अवस्था छ ।

सम्बन्धित समाचार

ताजा समाचार