छ हजारले बनाए राष्ट्रिय परिचय पत्र

जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट एक वर्षको अवधिमा छ हजार ५२ ले राष्ट्रिय परिचय पत्र बनाएका छन् । गत आर्थिक वर्ष २०८०÷८१ को साउन देखि असारमसान्त सम्ममा राष्ट्रिय परिचय पत्र जारी गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार एक वर्षको अवधिमा चार हजार १६६ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको नजाएको छ । प्रशासनमा दर्ता भएका राष्ट्रिय परिचय पत्रमध्ये १५६ जनाले संसोधन गरेका छन् ।
दार्चुलामा दुई वटा स्टेशनमार्फत अहिले राष्ट्रिय परिचय पत्र वितरणको काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् । पछिल्लो समय ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपछि संख्या बढेको उनले बताइन् ।
दार्चुलाको लागि कुल १७ हजार २ सय जनाको लागि राष्ट्रिय परिचयपत्र आएकोमा अझै वितरण गर्न बाँकी छ ।
जिल्लामा २०७७ सालदेखि राष्ट्रिय परिचयपत्र विरतण कार्यक्रम सुरु भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार