नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले फ्रान्समा जारी पेरिस ओलम्पिकमा आज समूह चरणको अन्तिम खेल खेल्दैछन् । मेन्स सिंगल्सअन्तर्गत समूह पी मा रहेको प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग आज खेल्नेछन् । यसअघि समूहको दुवै खेलमा पराजित भएका प्रिन्सका लागि आजको खेलको प्रतिष्ठाको खेल समेत हुनेछ ।
पहिलो पटक ओलम्पिक खेलिरहेका उनी पहिलो जितसहित ओलम्पिक यात्रा सकाउने लक्ष्यमा छन् । प्रिन्स विश्व वरियताको १७२औं स्थानमा छ भने मिसा ५८औं स्थानमा छ । यसअघि प्रिन्स विश्वकप नम्बर दुई भिक्टोर एक्सेल्सन रएनहात गुएनसँग २–० ले पराजित भएका थिए । नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनमा सहभागिता जनाएको हो ।

ब्याडमिन्टन स्टार प्रिन्सको पेरिस ओलम्पिकमा अन्तिम खेल खेल्दै

