दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ को वडा कार्यालयले एम्बुलेन्स खरिद गर्ने भएको छ । चालू आर्थिक वर्ष ०८१।०८२ को बजेटमार्फत वडा कार्यालयले एम्बुलेन्स खरिद गर्ने भएको हो ।
पालिकामार्फत वडाको लागि विनियोजित बजेटमार्फत छुट्टै एम्बुलेन्स खरिद गर्न लागेको हो । वडाले एम्बुलेन्स खरिद गर्न २० लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।