बाढिपहिरो प्रभावित क्षेत्रमा खानेपानी अभाव

मनसुनजन्य अविरल वर्षाका कारण बाढी र पहिरोका कारण मार्मा गाउँपालिकाका दुई वटा वस्तीमा खानेपानीको चरम अभाव भएको छ । बाढिपहिरोले खानेपानीको मुहाननै बगाएपछि खानेपानी समस्या भएको हो ।
गत साता आएको बाढिका कारण मार्मा गाउँपालिका वडा नम्बर ४ का गन्याड र मर्मती वस्तीमा खानेपानी अभाव भएको हो । खानेपानी नहुँदा स्थानीयले समस्या भोग्नुपरेको स्थानीय दिपेन्द्र विष्टले बताए । खानेपानीको पाइप पुरै चुडिएका छन् । बाढिले दुषित पानी मात्रै आउन थालेपछि स्थानीय समस्यामा परेको उनले बताए ।
मार्माका दुई वटा वस्तीमा देखिएको खानेपानी संरचना तत्काल मर्मत सम्भार गरी सुचारु गर्न जिल्ला विपद् व्यवस्थापन समितिले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई भनेको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको अध्यक्षतामा बसेको बैठकले विपद् जन्य घट्नाको बेला पानीका कारण झन समस्या आउन नदिन तत्काल संरचना सुधार गर्न भनेको हो ।
खानेपानी समाधानको लागि खानेपानी कार्यालय दार्चुलालाई तत्काल पाँच हजार मिटर खानेपानी पाइप उपलब्ध गराउन आग्रह गर्ने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
बाढिले अधिकांश संरचना भत्किएका छन् । पाइपहरु टुटफुट भएका छन्, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले भने । ‘अहिले पालिकाबाट पनि खानेपानी व्यवस्थापनको लागि जनशक्ति परिचालन गरेका छौं ।’ गाउँभरि पूरै बाढिपहिरोले घरखेत सखाप गरेको छ । ६ परिवार अहिले पनि विद्यालयमा बसोबास छ । केहि आफन्तकामा छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले तपोवन–मुरै–निम्ठा सडक खण्डका कारण बाढिपहिरो आएको भन्दै तत्काल अनुगमन गरि संडक निर्माणमा भएको कमजोरी सच्याउन भनेको छ । सडकको अवस्थाबारे पूर्वाधार विकास कार्यालय बैतडीलाई अनुगमन गरि जोखिम नहुने गरी कार्य गर्न पत्रचार गर्ने निर्णय भएको प्रजिअ जोशीले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार