महाकाली नदी किनारका नागरिकलाई सतर्कता अपनाउन प्रशासनको आग्रह

भारत उत्तराखण्ड अन्तर्गत धारचुलाको एलागाडमा बादल फाटेर ड्याम बनेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतीय प्रशासनले नदी छेउछाउका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
ड्याम भएको क्षेत्रबाट विस्तारै महाकाली नदीमा जलस्तर बढ्न गएको भन्दै भारतीय प्रशासनले सतर्कता अपाउन आग्रह गरेको हो ।
भारतीय सुरक्षाकर्मीले बजारमा माइकिङगर्दै धारचुला र दार्चुलाका नागरिकलाई सतकर्ता अपनाउन भनेको छ । भारतीयले केही दिनअघि धौलीगंगा जलविद्युतको ड्यामसमेत सफाईको लागि खोल्न यसअघि नै जानकारी गराएको छ ।
अहिले वर्षाका कारण एक्कासी बादल फाटेपछि स्थानीयमा त्रास पैदा भएको छ । भारतीय पक्षबाट सन्देश वारिपारी भइरहेको छ ।
ड्याम अहिले विस्तारै सुचारु भएको भारतीय सुरक्षा अधिकारीले नेपाली प्रशासनलाई जानकारी गराएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति एसपी हर्कराज पन्तले अहिले ड्याम बाधिएको क्षेत्रबाट विस्तारै पानीको बहाव बग्दै गएको जानकारी आएको बताए । उनले भने, धेरै जोखिम नरहेको जानकारी आएको छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले एलागाडमा बाढी आई पुल बगाउँदा केही समय खोला रोकिएको तर अहिले खोलाको बहाब खुलिसकेको जनाए । राति पानी बढी परे महाकाली नदिमा बहाब बढन सक्ने जानकारी आएकोले महाकाली नदि किनारमा सतर्कता अपनाउन आग्रह गरे ।

सम्बन्धित समाचार

ताजा समाचार