काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकालका सबै जिम्मेवारी खोसेको छ । उनलाई साधारण सदस्य मात्रै रहने गरी रास्वपाले सबै जिम्मेवारी खोसेको हो ।
यसअघि नै महामन्त्रीबाट निलम्बित भइसकेका डा. ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीको जिम्मेवारीबाट हटाइएको हो ।
मुकुल यसअघि पार्टीमा महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा थिए । उनलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यमात्रै राख्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरेको थियो ।

प्रतिवेदन इफेक्ट : मुकुल ढकाल अब रास्वपाको साधारण सदस्य मात्रै

