तिंकर नाका खुल्न अझै अनिश्चित, नाका खुल्नेमा छैन सुरसार

दार्चुला । नेपाल र चीन जोड्ने तिंकर नाका खुल्न अझै अनिश्चित बनेको छ । यसअघि जुलाई १० अर्थात असार २६ गते खुल्ने भनिएको थियो । नाका खुल्ने विषयमा अहिलेसम्म चिनिया पक्षबाट कुनै जानकारी नआएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
यसअघि असार ११ गते र असार २६ गते गरी दुई पटक मिति तय भएको थियो । तर पछिल्लो तय भएको मितिमा पनि तिंकर नाका खुल्ने सम्भावना छैन् । गत जेठ १७ गते दार्चुला र चीनको ताक्लाकोटस्थित स्थानीय अधिकारीहरुबीच भएको भर्चुअल बैठकमा असार ११ देखि नाका खोल्ने सहमति भएको थियो । त्यसपचि चिनिया पक्षले प्राविधिक तयारी नपुगेको भन्दै असार २६ गतेको मिति तय भएको थियो ।
तर असार २४ गतेसम्म चिनिया पक्षबाट नाका खुल्ने विषयमा जानकारी आएको छैन् । अहिले बाढिपहिरोका कारण भारतको सडक पनि ठाउँ ठाउँमा अवरुद्ध छ । यस्तो अवस्थामा असार २६ मै खोल्न सम्भव छैन् । नाका खुल्ने आशासहित जिल्लास्थित प्रजिअ सहितको सुरक्षा अधिकारी टोलीले तयारी समेत गरेको थियो ।
नेपाल–र चीन बीच टिंकर नाका भएर हुँदै आएको व्यापार चार वर्षदेखि हुन सकेको छैन् । कोभिडको बेला बन्द भएको नाका नखुल्दा व्यापारी भने मार्कामा परेका छन् । नेपाल र चीन बीच जोडिएका देशका अन्य नाका यसअघि सुचारु भए पनि दार्चुलाको टिंकर नाका खुल्न सकेको छैन् ।
नाका खुल्नेबारे चिनिया पक्षबाट पछिल्लो समय जानकारी आउन नसकेको व्यापारी योगेश बोहरा बताउँछन् । पटकपटक हामीले जाने तयारी ग¥यौं तर सार्थक पहल भइरहेको छैन्, उनले भने ।
दार्चुलाको टिंकरसम्म पुग्न नेपालकै भएर जाने गोरेटो बाटो समेत अवरुद्ध छ । दार्चुला टिंकर सडक निर्माणाधीन छ । स्थानीयले लामो समयदेखि भारतीय बाटो हुँदै यात्रा गर्दै आएका छन् ।
चीनले टिंकर भञ्ज्याङस्थित–१ नम्बर सीमास्तम्भ नजिकसम्म सडक निर्माण गरेको छ । कोभिड महामारीको समयमा निर्माण भएको सडक केही हप्ताअघि स्काइभेटर प्रयोग गरी खोलिएको नरेन्द्र बमले बताए । केही दिन अघि १ नम्बर पिलर पुगेर फर्किएका बमले भने, चिनले सीमा नजिकै सडक पु¥याएको छ । हाम्रोतिरको अवस्था दुरअवस्था छ ।
सीमास्तम्भभन्दा आधा घण्टाको दूरीमा आफ्ना सुरक्षाकर्मी बस्ने भवनको संरचना पनि चीनले तयार गरेको छ ।
नेपालतर्फ व्यास गाउँपालिका–१ स्थित तिंकरको छियालेकमा सशस्त्र प्रहरीको विओपी गत वर्षबाट बस्न थालेको हो । भने नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सञ्चालनमा छ । छियालेकबाट ५ घण्टाको दूरीमा रहेको १ नम्बर पिलर क्षेत्रमा नेपालका सुरक्षाकर्मीले नियमित गस्ती गर्दैआएका छन् ।
तिंकर नाकाबाट आवतजावत सुरु नभए पनि तिंकरको छियालेकमा रहेका सुरक्षाकर्मीले सीमाक्षेत्रको नियमित गस्ती र निगरानी भने गर्दैआएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार