वर्षाका कारण दार्चुलाको जनजीवन प्रभावित बनेको छ । ठाउँ–ठाउँमा मुख्य तथा शाखा सडक अवरूद्ध बनेका छन् भने बाढी तथा पहिरोको जोखिमले केही स्थानीयहरूले घर छोडेका छन्। केही स्थानीयका घरमा पूर्ण रूपमा क्षति समेत भएको छ ।
निरन्तरको वर्षाका कारण मालिकार्जुन गाउँपालिका वडा नम्बर २ र ८ जोड्ने झोलुङ्गे पुलमा क्षतिपुगेको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पट्टी रहेको वाल भत्किएपछि आवातजावत ठप्प भएको गाउँपालिका उपाध्यक्ष कल्यानसिह धामीले जानकारी दिए । यस्तै सेलिचामामा निर्माण भइरहेको भवन पहिरोका कारण क्षति पुगेको छ ।
महाकाली नदीमा पानीका बहाव बढ्दै गइरहेको छ । नदीमा पानीको बहाव उच्च हुँदै गएको कारण नदी छेउछाउ नजान प्रशासनले आग्रह गरेको छ ।