७३ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा दार्चुलामा फलफुल वितरण

तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा जिल्ला अस्पताल दार्चुलाका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । मदन भण्डारी फाउन्डेशन दार्चुलाको आयोजना विरामीलाई फलफुल वितरण गरिएको हो ।
तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।
भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।
यसैलाई आत्मसाथ गर्दै हरेक वर्ष जन्मजयन्ती मनाइने गरेको छ । मदन भण्डारी फाउण्डेसनका जिल्ला अध्यक्ष खिमानन्द भट्टका अनुसार अस्पतालमा फलफुल वितरण गर्नुको साथै महाकाली नगरपालिका –४ को वडा कार्यालय परिसरभित्र वृक्षारोपण गरिएको छ ।
कार्यक्रममा महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, सुरक्षा निकायका प्रमुख एवं पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार