व्याँस गाउँपालिकाको १६ औं गाउँसभा सुरु

दार्चुलाको व्याँस गाउँपालिकाको १६ औं गाउँसभा सुरु भएको छ । गाउँपालिका अध्यक्ष मंगलसिह धामीको अध्यक्षतामा गाउँसभा सुरु भएको हो ।
आगामी आर्थिक वर्ष ०८१।०८२ को लागि नीति कार्यक्रम र बजेट गाउँसभामा पेश भएको छ । गाउँपालिका उपाध्यक्ष बिनोदसिह कुवरले आगामी आर्थिक वर्षको नीति कार्यक्रम सभामा प्रस्तुत गरे ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र पालिकाहरूले बजेट ल्याउनुपर्ने प्रवाधान छ । सोही अनुरुप अहिले दार्चुलाका सबै स्थानीय तह नीति कार्यक्रम र बजेट ल्याउन कस्सिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार