दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ आोडीगाउँमा सर्पको टोकाईवाट एक किशोरीको मृत्यु भएको छ । लेकमकै वडा नम्बर ५ मा अवस्थित लटिनाथ नमुना मावि चौपातामा कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रा सुनिता गिरीको जेठ १८ गते हिजो दिउँसो खाना खाएर सुतिरहेको बेला घरभित्रै सर्पले टोकेको र बेलुकी ७ बजेतिर ज्यान गएको लटिनाथ आवि आोडिगाउँका शिक्षक सोवी गिरीले जानकारी दिनुभयो ।

माईली छोरी सुनिताको घरभित्रै दुःखद निधन भएपछि परिवार शोकस्तब्ध बनेको छ । लटिनाथ नमुना मावि चौपातामा १० कक्षामा अध्ययनरत छात्रा गिरीको दुःखद निधनले विद्यालय परिवार मर्माहत भएको लटिनाथ नमुना मावि चौपाताका सहायक प्रधानाध्यापक महेश राज जोशीले बताउनुभयो ।

मृतक किशोरीको आज अन्तिम संस्कार गरिएको छ ।










