अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमले मानव अधिकार रक्षकको लागि धनगढीमा क्षमता अभिबृद्धि कार्यक्रमको आयोजना गरेको छ । प्रदेशभरि रहेका मानव अधिकार रक्षकहरुको लागि एक दिन क्षमता अभिबृद्धि तालिमको आयोजना गरेको हो ।
क्षमता अभिबृद्धि कार्यक्रमा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकहरुले मानव अधिकारको अनुगमन गर्नुपर्नेमा जोड दिए । नागरिकलाई कर्तव्यनिष्ठ बनाउदै, जनताका कुण्ठित भएका आवाज उठानगरी राज्यलाई खबरदारीगर्दै जवाफदेही बनाउनुपर्ने उनले बताए ।
राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख हरी ज्ञवालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र सीमान्तकृत वर्गको अधिकार संरक्षण, मानव अधिकार अनुगमन, तथ्य संलकन एवंम अनुसन्धान र मानव अधिकारको सम्मान तथा संरक्षणका लागि राज्यको दावित्व विषयमा सहजीकरण गरे ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले घटनाको अनुगमन र सूचना संकलन तथा अभिलेखिकरणबारे सहजीकरण गरे ।
दलित अधिकार मञ्चकी संयोजक सृजना पराजुलीले घटनाको अभिलेखिकरणसँगै पीडितहरुले न्याय पाए नभएको अवस्थाका बारेमा अद्यावधिक गर्नुपर्ने धारणा राखिन् ।
क्षमता अभिबृद्धि कार्यक्रममा मानव अधिकारको क्षेत्रमा क्रियाशिल सुदूरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, दार्चुला, कैलाली र कञ्चनपुर जिल्लाका मानव अधिकार समूहका प्रतिनिधि, मानव अधिकारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

अधिकारकर्मीको लागि क्षमता अभिबृद्धि तालिम

