नेपाल–भारत जोड्ने खलंगा सीमा पुल भोलि बन्द हुने हेर्नुहोस सूचना सहित

दार्चुला – दार्चुलाको नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुल भोलि ५ घण्टा बन्द हुने भएको छ । झोलुङ्गे पुलका पट्टा र नट बोल्ट मर्मत गर्नुपर्ने भएकाले सीमा पुल बन्द हुने दार्चुला प्रशासनले एक सूचना जारी गर्दै सूचित गरेको छ ।

पुल मर्मत कार्य बिहान ९ः१५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म हुने भएकाले सो समयमा पुलमा आवतजावत बन्द गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी जानकारी दिए ।

पुल मर्मत बारे भारतीय पक्षबाट जानकारी प्राप्त भएकाले उल्लेखित समयमा पुलबाट आवतजावत बन्द हुने प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार