सिडिओ मार्फत राप्रपा बैतडीले बुझायो प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापन पत्र

बैतडी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )बैतडीले ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको राप्रपा बैतडीका सचिव एवं आन्दोलन परिचालन सकमिटि संयोजक देवबहादुर चन्दले जानकारी दिए ।

राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्ने लगायतका ४० बुंदे माग अघि सारेर प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई लाई ज्ञापन पत्र बुझाइएको उनले बताए । राप्रपाको पूर्वनिर्णय अनुसार बैतडीबाट पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको उनको भनाई छ ।

बलियो केन्द्र र अधिकार सम्पन्न स्थानीय तह, संबैधानीक निकायमा राजनीतिक भागबण्डाको अनत्य, २०४६ साल यता मुख्य पदमा बसेकाहरुको सम्पत्ति छानविन , भ्रष्ट्राचार न्यूनिकरण गर्नुे पर्ने लगायतका मागहरु रहेका उनले बताए । केन्द्रीय कार्यक्रम अनुसार देशैभर राप्रपाको आन्दोलन जारी रहेका छ ।

प्रदेश तहको खारेजी पनि राप्रपाको आन्दोलनको मुख्य माग रहेको राप्रपा बैतडीका सचिव चन्दले बताए । संवैधानिक राजसंस्था र पूर्ण धार्मिक स्वतन्त्रसहितको हिन्दु अधिराज्य हुनुपर्ने, धर्मान्तरणमा तत्काल रोक लगाउनुपर्ने, प्रदेशको खारेजी र दुई तहको सरकार हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी हुन नहुनेलगायत विषय ४० बुँदे ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।

राप्रपाले सरकारले आफ्नो मागबारे कुनै सुनुवाइ नगरेमा चैतदेखि आन्दोलन गर्ने तयारी गरेको छ। त्यसअघि सहर केन्द्रित दबाबमूलक कार्यक्रमहरू हुने जनाइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार