लेकमको दोस्रो अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा जोशी दोहोरिए

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा नेकपा (एमाले) को दोस्रो पालिका अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नेकपा (एमाले) लेकम गाउँ कमिटी अध्यक्ष पुष्पराज जोशीको अध्यक्षता तथा एमाले दार्चुला इन्चार्ज एबं केन्द्रीय कमिटी सदस्य सहदेब बोगटीको प्रमुख आतिथ्यतामा फागुन ७ गते हिजो उद्घाटन भएको अधिवेशनको बन्द सत्र समेत कमिटी चयन गर्दै सम्पन्न भएको हो ।

अधिवेशनबाट पुष्पराज जोशीको अध्यक्षतामा ३९ सदस्यीय कमिटी निर्वाचित भएको हो । उपाध्यक्षमा सुशीला अवस्थी, सचिवमा पदमराज जोशी, उपसचिवमा गणेश बिष्ट र अनिता जोशी निर्वाचित भएको एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीले बताउनुभयो ।

अधिवेशनमा एमाले जिल्ला इन्चार्ज सहदेब बोगटी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, जिल्ला उपाध्यक्ष एबं लेकम इन्चार्ज परमानन्द जोशी, सचिव उमेश जोशी, उपसचिव कर्णबहादुर खडायत र कमला पन्त बिष्ट, प्रदेश कमिटी पूर्व सचिवालय सदस्य हरदेब जोशी, पूर्व जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामी लगायत नेताहरूको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार