ट्याक्टर दुर्घटना हुँदा एक ओभरसियरको मृत्यु

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर २ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना भएको छ । आइतबार साँझ ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०२००१ त १४२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही निमार्ण सेवा कम्पनीका ओभरसियर धनुषाको नारायण नगरपालिका वडा नम्बर ५ गमरखोली बस्ने ३२ वर्षीय राम सागर रावतको मृत्यु भएको हो ।दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।ट्याक्टर ब्रेक फेल भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर आईतवार साँझ दुर्घटना भएको थियो। ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका वडा नम्बर १ बस्ने २८ वर्षीय बिजेन्द्र सिंह नायक पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार