विपन्न नागरिकलाई कपडा बैंकले दियो न्यानो लुगा

बैतडी । बैतडीका विपन्न नागरिकलाई कपडा बैंकले न्यानो लुगा वितरण गरेको छ । जिल्लाको मेलौली नगरपालिका–६ का आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकहरुलाई शाहीलेकमा रहेको कपडा बैंकले न्यानो लुगा वितरण गरेको हो ।

मेलौली नगरपालिका–६ का २५ जनालाई न्यानो लुगा, ६ जनालाइ कम्बल, ८ जनालाइ स्विटर, टोपी, सल, ज्याकेट र ट्राउजर सहयोग गरिएको कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्टले जानकारी दिए । एकसरो लुगा समेत किन्ने अवस्था नभएका नागरिकहको लागि कपडा बैंकले सहयोग गरिरहेको उनले बताए।

कपडा बैंकले न्यानो लुगा दिएपछि विपन्न नागरिहरु खुसि भएका छन् । माघ १ गतेदेखि सञ्चालनमा आएको कपडा बैंकले आर्थीक अवस्था कमजोर भएका व्यक्तिहरुलाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिरहेको छ। हुनेले दिएर सहयोग गरौं, नहुने लगेर सहभागिता जनाऔं भन्ने नारासहित कपडा बैंकमार्फत लुगा वितरण गर्ने कार्य भइरहेको संयोजक भट्टले बताए ।

ब्तचथब जयकउष्तब
िमाया घर नेपाल जिल्ला शाखाले कपडा बैंक सञ्चालन तथा व्यवस्थापन गरिरहेको उनले बताए । अहिले उक्त बैंक सञ्चालनका लागि ४ जना युवाहरु सक्रिय भएका छन् । यसमा सबैको सहयोग भइरहेको उनले बताए । कपडा बैंकमा विभिन्न ठाउँबाट सहयोग प्राप्त भइरहेको र प्राप्त भएका कपडा गरीब तथा असहाय नागरिकलाई वितरण गर्ने कार्य भइरहेको बबताइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार