दार्चुलाको राष्ट्रपति रनिङ शिल्डमा महाकालीको अग्रता

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित शिवनगर खेलमैदानमा माघ २५ गतेबाट सञ्चालित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल र कबड्डी बाहेक सबै खेल सम्पन्न भइसकेका छन् । खेलको पाचौँ दिन अहिलेसम्मको नतिजा अनुसार महाकाली नगरपालिकाले करातेमा ११ सहित अन्य ६ गरि जम्मा १७ स्वर्ण, ३ रजत र ५ कास्य पदक पाप्त गरेको छ ।

मालिकार्जुन गाउँपालिकाले ७ स्वर्ण, ६ रजत र ५ कास्य पाप्त गर्दै द्धितीय स्थानमा रहेको छ । भने मार्मा गाउँपालिकाले ४ स्वर्ण, ५ रजत र ३ कास्य पाप्त गरेको छ । शैल्यशिखर नगरपालिकाले अहिलेसम्म करातेमा १ स्वर्णसहित अन्य विधामा ३ गरि जम्मा ४ स्वर्ण, २ रजत र २ कास्य पाप्त गरेको छ । यद्धपी करातेको रजत र कास्य पदकको जानकारी प्राप्त हुन बाँकी रहेको छ ।

यस्तै लेकम गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ४ कास्य पाप्त गरेको छ । नौगाड गाउँपालिकाले ४ स्वर्ण, २ रजत र १ कास्य पाप्त गरेको छ । यस्तै अपिहिमाल गाउँपालिकाले १ स्वर्ण, १ रजत र २ कास्य तथा दुहुँ गाउँपालिकाले १ रजत र ३ कास्य पदक पाप्त गरेको छ । हालसम्म व्याँस गाउँपालिकाले कुनैपनि पदक पाप्त गर्न नसकेको आयोजकले जनाएको छ ।

आज सम्पन्न भएका ४ गुणा १०० रिले दौड छात्राहरुमा महाकाली प्रथम, मालिकार्जुन द्धितीय र लेकम तृतीय भएका छन् भने छात्रहरुमा नौगाड प्रथम, मालिकार्जुन द्धितीय र शैल्यशिखर तृतीय भएका छन् ।

४ गुणा ४०० मिटर रिले दौड छात्रमा मालिकार्जुन प्रथम, शैल्यशिखर द्वितीय र महाकाली तृतीय र छात्रामा मार्मा प्रथम, मालिकार्जुन द्वितीय र लेकमले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

यस्तै १०० मिटर दौड छात्रमा नौगाड प्रथम र द्वितीय, मार्मा तृतीय र छात्रामा मालिकार्जुन प्रथम, महाकाली द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार