दार्चुला । दार्चुलामा विद्युतिकरण गर्न बाँकी तथा छुटफुट रहेका विभिन्न वस्तीहरुमा विद्युतिकरणको काम भइरहेको छ । विद्युतिकरण हुन बाकीँ रहेका दार्चुलाका विभिन्न वस्तीहरुमा विद्युतिकरण भइरहेको नेपाल विद्युत प्राधिकरण दार्चुलाले जनाएको छ ।
लेकम गाउँपालिकाका सबैजसो वडामा विद्युतिकरण गर्न बाकीँ रहेका स्थानहरुमा विद्युतिकरणको काम भइरहेको छ । जसअन्र्तरगत लेकमको वडा नम्बर २ को सल्ला, कुणी, भटाइजर, पिपलकोट, कुमलकाडा, ठुम्केलेक लगायत टोलहरुमा विद्युतिकरणको लागी पोलहरु गाडने काम भइरहेको वडा नम्बर २ का अध्यक्ष शिवराज जोशीले बताउनुभयो । रातामाटाबाट सल्ला कुणी र पिपलकोटमा ५०÷५० केभिका तीन वटा ट्रान्सफर्मर राखेर विद्युत प्रवाह गरिने बताइएको छ । एक दुई महिनाभित्रै विद्युतिकरण हुन बाकीँ रहेका उक्त टोलहरुमा विजुली बाल्ने लक्ष्य सहित तिव्र रुपमा काम भइरहेको उहाँको भनाई छ । लेकमको वडा नम्बर ५ मैखोलीमा पनि विद्युतिकरणका लागि पोलहरु गाड्ने काम भइरहेको छ । वडा नम्बर १ को कोठार र वण्डोली टोलमा विद्युतका पोलहरु गाडनको लागि खाल्डोहरु खन्ने काम भइरहेको बताइएको छ ।
लेकम सहित जिल्लाभरीका विद्युतिकरण हुन बाँकी र छुटफुट वस्तीहरुमा विद्युतिकरणको कार्य भइरहेको बताइएको छ । सबै स्थानीय तहमा एकसाथ काम भइरहेको प्राधिकरणले जनाएको छ ।