प्रिमियर लिगमा एस्टनभिल्लाले सेफिल्डलाई ५ गोलले हरायो आज चार खेल हुँदै

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टनभिल्लाले सेफिल्ड युनाइटेडलाई ५ गोलले हराएको छ । जितसँगै एस्टनभिल्लाको २३ खेलमा ४६ अङ्क भएको छ । एस्टनभिल्ला तालिकाको चौथो स्थानमा छ । पराजित सेफिल्ड युनाइटेड समान खेलमा १० अङ्कसहित पुछारमा छ ।

अर्को खेलमा ब्राइटनले क्रिस्टल प्यालेसलाई ४–१ गोलले हरायो । ब्राइटन २३ खेलमा ३५ अङ्कसहित सातौ स्थानमा छ । समान खेलमा २४ अङ्क रहेको क्रिस्टल प्यालेस चौधौँ स्थानमा छ ।

त्यस्तै न्युक्यासल युनाइटेड र लुटन टाउनले चाररचार गोलको रोमाञ्चक बराबरी खेलेका छन् । न्युक्यासल २३ खेलमा ३३ अङ्कसहित नवौँ स्थानमा छ । लुटन भने २२ खेलमा २० अङ्कसहित १६औँ स्थानमा छ ।

हिजो बेलुका भएको पहिलो खेलमा टोटनहम र एभर्टनले २र२ गोलको बराबरी खेले । यस्तै बर्नली र फुलहमले पनि २र२ को बराबरी खेलेर अङ्क बाँडेका छन् । प्रिमियर लिगमा आज चार खेल हुँदैछन् ।

आज म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम, चेल्सी र उल्भ्स, आर्सनल र लिभरपुल तथा बर्नमाउथ र नटिङघम फरेस्ट खेल्दैछन् । लिभरपुल २२ खेलमा ५१ अङ्कसहित शीर्षस्थानमा र आर्सनल समान खेलमा ४६ अङ्कसहित तेस्रो स्थानमा छ । २१ खेलमा ४६ अङ्क रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

सम्बन्धित समाचार

ताजा समाचार