दार्चुला अस्पतालमा ३७ वर्षसम्म निमित्तकै भर

दार्चुला । २०४३ सालमा स्थापना भएको जिल्ला अस्पताल दार्चुलामा सरकारले हालसम्म नवौँ तहको मेडिकल सुपरिटेन्डेन्ट एमडीजिपि डाक्टर पठाएको छैन् । नवौँ तहको मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको दरबन्दी भएपनि स्थापना भएको ३७ वर्ष बित्दा समेत जिल्ला अस्पताल निमित्तकै भरमा चलेको छ ।

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको दरबन्दी रिक्त हुँदा विशेषज्ञ सेवा प्रवाह हुन नसकेको सेवाग्राहीको गुनासो छ । जिल्ला अस्पतालमा एक जना नवौँ तहको मेडिकल सुपरिटेन्डेन्ट एमडी र दुई जना आठौँ तहको मेडिकल अधिकृत डाक्टरको दरबन्दी रहेको छ । जिल्ला अस्पताल दार्चुलाको निमित्त प्रमुखमा डाक्टर सन्दिप श्रेष्ठ कार्यरत हुनुहुन्छ । मेडिकल अधिकृत गजेन्द्र दुवाल तीन वर्षदेखि अद्ययन विदामा रहेको र यसै वर्ष विदा सकिने जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताउनुभयो ।

निक साइमन कार्यक्रम अन्तरगत दार्चुलामा थप दुई जना डाक्टर आदर्श लिम्बु र डाक्टर जफर अन्सारी कार्यरत हुनुहुन्छ । तीन जना स्टार्फ नर्सको दरवन्दी रहेको अस्पतालमा तीनै जना कार्यरत रहेको उहाँले बताउनुभयो । यस्तै जिल्लामा दुई जना अनमी, एक जना ल्याव असिस्टेन्ट, दुई जना अहेव, एक जना एचए, एक जना रेडियोग्राफर र ९ जना कार्यालय सहयोगी कार्यरत छन् । जिल्ला अस्पताल दार्चुलामा २१ जना स्थायी र ५५ जना अस्थायी कर्मचारीहरुले सेवा दिइरहेको अस्पतालको प्रशासन शाखामा कार्यरत उमेश मिश्रले बताउनुभयो । जिल्ला अस्पताल दार्चुलामा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा पछिल्लो समय हाडर्जोनी विषेशज्ञ डाक्टर प्रल्लाद थापा पनि कार्यरत हुनुहुन्छ । हाडजोर्नी निशेषज्ञ डाक्टर थापा आएपनि शल्यक्रियाका लागि उपकरण र कक्ष नहुँदा सामान्य प्लाष्टरको काम मात्रै हुने गरेको उहाँले बताउनुभयो ।

जिल्लामा विशेषज्ञ सेवा नहुदा शल्यक्रिया गर्नुपर्ने र जटिल समस्या भएका सबै बिरामी धनगढी वा जिल्ला बाहिरका अस्पताल र भारतको पिथौरागढ रेफर गर्ने गरिएको छ । अस्पतालले इमर्जेन्सी वार्डबाट २४ सैँ घन्टा सेवा दिइरहेको जनाएको छ । अस्पतालका सूचना अधिकारी डम्बर भट्टले भन्नुभयो, म आफैपनि यहाँ २९ वर्षदेखि कार्यरत छु, अस्पताल सञ्चालनमा आएको चार दशक पुग्न लाग्दा समेत नवौँ तहको एमडीजिपि डाक्टरको दरबन्दी रिक्त रहेको छ । स्रोतसाधन, उपकरण, कक्ष र विशेषज्ञ जनशक्ति अभावमा जटिल रोगको उपचार र शल्यक्रिया हुने गरेको छैन् । दार्चुला नजिक सुविधासम्पन्न अस्पताल नभएकै कारण कतिपय बिरामीले समयमै उपचार नपाएर बाटोमै ज्यान गुमाउने गरेको स्थानीय महेश भट्टले बताउनुभयो ।

जिल्ला अस्पताल दार्चुलामा पहिलो पटक हाडजोर्नी विशेषज्ञ डाक्टर प्रल्लाद थापा नियुक्त भएपनि उपकरण र शल्यक्रिया कक्ष अभावका कारण सामान्य प्लाष्टर मात्रै गर्ने गरिएको छ । अन्य सबै शल्यक्रिया गर्नुपर्ने र जटिल रोगका बिरामी जिल्लामा सेवा नपाएर रेफर हुनुपर्ने बाध्यता रहेको सेवाग्राही बिरामीको गुनासो छ ।

सम्बन्धित समाचार

ताजा समाचार