जुम्लामा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको काममा ढिलासुस्ती

काठमाण्डौ । जुम्लाको पातारासी गाउँपालिका–१ मा नौ सय ९८ किलोवाट क्षमताको निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गति लिन सकेको छैन । अठार महिनामा सकिनुपर्ने आयोजना, सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौताको मितिबाट १८ महिनामै सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन । कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको बाँकी १० प्रतिशत काम भारतबाट आउने प्राविधिकबाट हुने जानकारी दिनुभयो । यो आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि तीन हजार चार सय ५३ घरपरिवार लाभान्वित हुनेछन् ।

सम्बन्धित समाचार

ताजा समाचार