अपिनाम्पा संरक्षण क्षेत्रले छ महिनामा गर्यो १ करोड ८१ लाख ४६ हजार राजस्व संकलन

दार्चुला । दार्चुलामा रहेको अपिनाम्पा संरक्षण क्षेत्रले आर्थिक बर्ष २०८०–०८१ को पुस मसान्तसम्ममा एक करोड ८१ लाख बढी राजस्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्ममा एक करोड ८१ लाख ४६ हजार ९७४ रुपियाँ राजस्व संकलन भएको अपिनाम्पा संरक्षण क्षेत्रका बरिष्ठ सरक्षण अधिकृत एबं कार्यालय प्रमुख गोपाल बहादुर घिमिरेले बताउनुभयो ।

पछिल्लो छ महिनाको अवधिमा ८ जना विदेशी पर्यटकहरुले सो क्षेत्रको अवलोकन गरेको कार्यालयको तथ्यांक छ । चालू आर्थिक बर्ष २०८०८१ को पुस मसान्तसम्म ६४ वटा वन्यजन्तुबाट क्षति भएको र जसमध्ये कार्यालयले पशुघन क्षति वाफत ४ लाख रुपियाँ राहात उपलब्ध गराएको उहाँले बताउनुभयो । अन्नबाली क्षति तर्फ एक लाख २६ हजार ५०४ रुपियाँ गरि कुल ५ लाख २६ हजार ५०४ रुपियाँ राहात वितरण गरिएको उहाँले बताउनुभयो ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा संरक्षण क्षेत्रबाट दुई हजार ३०४ किलो बनलसुन, ५६० किलो यार्सागुम्बा र २५ किलो गुच्चिच्याउँ निकासी गरिएको कार्यालयको तथ्यांक छ ।

अपिनाम्पा संरक्षण क्षेत्रमा प्रमुख संरक्षक अधिकृत सहित हाल ४४ जना कर्मचारी कार्यरत रहेका छन् ।

विषेश गरेर जडिबुटी, मुद्धा जरीवाना, वेरुजु रकम असुली लगायत विभिन्न शिर्षकहरुबाट राजस्व संकलन भईरहेको अपिनाम्पा संरक्षण क्षेत्रका बरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताउनुभयो । वन्यजन्तु संरक्षण तथा चोरी पैठारी नियन्त्रण गर्न संरक्षण क्षेत्रभित्र विभिन्न ९ स्थानमा कर्मचारीहरु खटिएको र सुरक्षा निकायहरुसंग समेत समन्वय गरेर संरक्षण व्यवस्थापन गरिएको र एक मुद्धा मात्रै हाल रहेको र खासै गुनासोहरु नआइरहेको उहाँले बताउनुभयो ।

एक सय ४१ वटा सामुदायिय वनहरुमध्ये गाउँका उपभोक्तहरुले मात्रै बन भित्रका बस्तुहरुको उपभोग गर्ने गरेको र उनिहरुले नै संरक्षण तथा सुरक्षामा समेत सहयोग पुर्याउदै आएको उहाँले बताउनुभयो ।

अपिनाम्पा संरक्षण क्षेत्रमा ६ महिनासम्म ४० प्रतिशत कार्यक्रमहरु सम्पन्न भएको बताइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार