दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा हिउदे बर्षाको कामना गर्दै भ्यागुताहरुको बिहे गरिएको छ । लामो समयसम्म पानी नपरेमा भ्यागुताहरुको विवाह गराएमा पनी पर्छ भन्ने पुरानो विश्वासका आधारमा नौगाडको वडा नम्बर २ गोधानी खोलामा विधिविधान सहित ज्योतिष पण्डित, गाउँलेहरुको उपस्थितिमा भाले र पोथी भ्यागुताहरु खोजेर बिहे गराइएको स्थानीय नबराज ठगुन्नाले जानकारी दिनुभयो ।
यस बर्ष कार्तिकमा परेको बेमैसमी असिनापानी पछि हिउदे बर्षा नहुदा बालीनाली सुकेर नष्ट हुनुका साथै खानेपानीका मुहानहरु सुक्न थालेका छन ।
भ्यागुताहरुको विवाह गरेर बर्षाको कामना गरिएको नौगाडका स्थानीय नरेन्द्र ठगुन्नाले बताउनुभयो । वर्षा नहुदा किसानहरु उत्पादन घट्ने चिन्तामा छन् ।