बैतडी । बैतडीको शाहिलेकमा आजदेखि कपडा बैंक सञ्चालनमा आएको छ । “हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर सहयोग गरौँ” भन्ने अभियानका साथ माघ १ गते सोमबारदेखि औपचारिक शुभारम्भ गरिएको हो ।
महेश दत्त भट्ट, हेमबाबु लेखक, मोहित भण्डारी र विवेकान्द पाण्डेयले मिलेर कपडा बैंक सञ्चालनमा ल्याएका हुन । आईतबार देखी कपडा बैंकका लागि कपडा संकलन सुरु भएको युवा समाजसवी महेश दत्त भट्टले बताउनुभयो । बिरेन्द्र माद्यमिक विद्यालयका १७ जना असहाय बालबालिकाहरुलाई न्यानो लुगा दिएर औपचारिक शुभारम्भ गरिएको भट्टले बताउनुभयो ।
कपडा बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्धत गर्ने जनाइएको छ । यस कपडा बैंकमा कपडा दिएर सहयोग समेत गर्न सकिने छ ।