दार्चुला । दार्चुलाको मालिकाजुन गाउँपालिकामा सम्पन्न गाउँपालिकास्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरस्वती मावि उकुले जितेको छ । कुल २३ पदक सहित सरस्वती मावी उकुले उपाधी जित्न सफल भएको गाउँपालिकाले जनाएको छ ।
पुस २६ गतेबाट सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । गाउँपालिकाभरिका ११ वटै माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा शंकरपुर मावि पस्तीले कुल ११ पदक सहित द्वितीय र मालिकार्जुन मावि मडले तृतिय स्थान पाप्त गरेको छ ।