दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिकामा स्थानीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पुस २४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधी जनविकास मावि बारबाँजले हात पारेको छ ।
दुहुँ गाउँपालिका शिक्षा शाखा संयोजक लोकेन्द्र बमका अनुसार जनविकास मावि बारबाँजले स्वर्ण १७, रजत ७ र काँस्य २ गरि जम्मा २६ पदक प्राप्त गर्दै २०८० सालको राष्ट्रपति रनिङ शिल्ड उचालेको छ ।
यस्तै द्वितीय स्थान प्राप्त गरेको गौरिलमाण्डौं मावि हिकिलाले स्वर्ण ५, रजत १४ र काँस्य ४ गरि जम्मा २३ पदक प्राप्त गरेको छ । तृतीय स्थान प्राप्त गरेको धारीपाटा मावि धारीले स्वर्ण ४, रजत ५ र काँस्य ११ गरि जम्मा २० पदक प्राप्त गरेको छ ।
चौथो स्थानमा गणेश मावि सिमलीले स्वर्ण ४, रजत १ र काँस्य ६ गरि जम्मा ११ पदक प्राप्त गरेको छ । पाँचौ भएको पिपलचौरी मावि बिणले रजत ३, काँस्य ७ गरि १० पदक प्राप्त गरेको छ ।
२४ गते दुँहु गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले मावि बारबाँजमा उद्घाटन गरेको प्रतियोगिता २७ गते एक कार्यक्रमका बिच समापन गरिएको हो ।