व्याँसको प्रमुख प्रशासकीय अधिकृत फेरिए

दार्चुलाको व्याँस गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा चन्द्रसिह कुवरलाई जिम्मेवारी दिएको हो ।
मन्त्रालयले आज स्वास्थ्य शाखामा कार्यरत अधिकृत छैटौ स्तरका कुवरलाई आर्थिक तथा प्रशासनिक काम गर्ने गरी अख्तियारी दिएको व्याँस गाउँपालिका प्रवक्ता उपेन्द्रसिह धामीले जानकारी दिए । गाउँपालिकाको पुष २२ गतेको पत्रचारअनुसार प्रमुख प्रशाकीय पठाइएको हो ।
यसअघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनुभएका महेश बहादुर बमको सरुवा भएपछि उहाँको ठाउँमा कृष्णानन्द बडूलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार