सिंहदरबार वैद्यखाना धराशायी बन्दै, संस्थाको साख जोगाउन आग्रह

काठमाण्डौ । सिंहदरबार वैद्यखाना पछिल्लो समय धराशायी हुँदै गएको छ । वैद्यखानाको इतिहास राजा प्रताप मल्लसँग जोडिएको छ । जुद्ध शम्शेरले थापाथलीबाट सिंहदरबारमा लगेर उत्तर कुनामा राखेपछि यसको नाम सिंहदरबार वैद्यखाना हुन पुगेको हो ।

२०५२ सालसम्म झण्डै ३५र३६ प्रकारका आयुर्वेदिक औषधि निर्माण हुने गरेकोमा २०५८ सम्म आइपुग्दा एक सय ७१ प्रकारका औषधि उत्पादन गरेर बजारमा पठाउन शुरु गरिसकेको थियो ।

५७ सालदेखि नाफामा गएर ५८ सालको साउनसम्ममा कोष निर्माण गरेर सात करोड ८८ लाख जम्मा गरिएको थियो । तर अहिले औषधि उत्पादनको काम हुन सकेको छैन भने भएका कर्मचारीमा पनि कामको मनोबल घट्दै गएको छ । वैद्यखानमा औषधि बन्न छाडेको छ भने कर्मचारी घाम तापेर बस्नुपर्ने अवस्था छ । ऐतिहासिक औषधि उत्पादक संस्था दिनप्रतिदिन खस्कँदै गएकोमा विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

संस्था र यसको साखलाई जोगाउन विषय विज्ञ मुख्य रहेको आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा।चन्द्रराज सापकोटा बताउनुहुन्छ । उहाँले विगतमा वैद्यखानाको भौतिक तथा संस्थागन विकासका लागि प्रबन्ध निर्देशक भएर काम गर्नुभएको थियो ।

वैद्यखानामा गएर पुराना दस्ताबेज हेर्न खोजेमा पुराना सबै योजना भेट्टाउन सकिने उहाँ बताउनुहुन्छ । तर पछिल्ला वर्ष व्यवस्थापन झनझन कमजोर हुँदै गएको र सरकारले पनि अनुगमन सहिरुपमा गर्न नसक्दा संस्था नै धराशायी बन्न पुगेको विज्ञ सापकोटा बताउनुहुन्छ ।

भवन, औषधि बनाउने मेसिन र सबै पूर्वाधार हुँदाहुँदै पनि व्यवस्थापन गर्ने क्षमता र विषय विज्ञ नहुँदा वैद्यखाना धराशायी भएको पूर्व प्रबन्ध निर्देशक सापकोटाको भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार