अपि हिमाल गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड सम्पन्न उपाधि मावि सौगन्नालाई

दार्चुलाको अपि हिमाल गाउँपालिकामा संञ्चालन भएको चौथौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भवानी मावि सौगन्नाले हात पारेको छ । सोमबार सम्पन्न भएको चौथो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २७ पदक प्राप्त गर्दै भवानी मावि सौगन्नाले उपाधि आफनो पक्षमा पारेको हो ।

भवानी मावि।सौगन्नाले १४ स्वर्ण, ७ रजत र ६ कास्य सहित कुल २७ पदक प्राप्त गर्दै राष्ट्रपति रनिङ शिल्डको उपाधि कब्जा गरेको गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनु भयो । त्यस्तै प्रतियोगितामा खेण्डेश्वरी मावि क्षेत्ति दोस्रो भएको छ भने महादेब मावि घुसा तृतिय भएको उहाँले बताउनु भयो । प्रतियोगितामा द्धितिय भएको खेण्डेश्वरी मावि क्षेत्तिले ११ स्वर्ण,११ रजत र ३ कास्य सहित कुल २५ पदम प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा तृतिय स्थानमा चित्त बुझाएको महादेब मावि घुसाले ३ स्वर्ण,९ रजत र ६ कास्यगरी जम्मा १८ पदक प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा चौथो भएको छिपुलाकेदार मावि धङकङले २ स्वर्ण,३ रजत र १३ कास्यगरी जम्मा १८ पदक प्राप्त गरेको छ ।

अपि हिमाल गाउँपालिकामा पुस १२ गते देखि पालिका स्तरिय चौथौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भएको थियो । पालिकाभरीका जम्मा ४ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । यस अघि जिल्लाको नौगाड गाउँपालिकामा पालिकास्तरीय प्रतियोगिता सम्पन्न भएको छ भने व्यासँ गाउँपालिकामा आइतबार देखि चौथौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालनमा रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार