नौगाडमा अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा अल्लो उद्यमीलाई प्रविधि तथा उपकरण हस्तान्तरण गरिएको छ । नवप्रबद्र्धन साझेदारी कोष युवा उद्यमसिलता प्रवद्र्धन परियोजना कार्यक्रम र नौगाड गाउँपालिकाको लगानीमा खरिद गरिएको कृषि औजार तथा उपकरणहरु उद्यमीलाई हस्तान्तरण गरिएको हो ।

गत आर्थिक वर्षको असारमा छ वटै वडामा अल्लो प्रशोधन समुह गठन गरेर उद्योग सञ्चालनका लागि भवनहरु निर्माण गरिएको छ । सबै वडाका समुहहरुलाई अल्लो प्रशोधन मेसिन समेत उपलब्ध गराइएको बताइएको छ । विहिबार ९आज० नौगाड गाउँपालिकाले वडा नम्बर २ मा सञ्चालित आरडी अल्लो बाँस उन कपडा उद्योगलाई उद्योग सञ्चालनका लागि भूँवा कात्ने चर्खा दुई थान, अल्लोको बोक्रा निकाल्ने मेसिन एउटा, भूँवा खोल्ने मेसिन र अल्लो कुट्ने बिटर मेसिन एक थान हस्तान्तरण गरेको नौगाड गाउँपालिका उद्यम शाखाका कर्मचारी शन्तोषसिंह ठगुन्नाले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष जगतसिंह ठगुन्नाले उद्योग सञ्चालक रुकुमसिंह धामीलाई पालिकामा प्रविधि तथा उपकरणहरु हस्तान्तरण गरेको उहाँले बताउनुभयो । उपकरण पाउने व्यवसायी धामीले नमुनाको रुपमा उद्योग सञ्चालन गरिरहेको र धनगढीमा समेत व्यवसाय गर्नेगरेको बताइएको छ ।

दार्चुलाको नौगाड गाउँपालिकामा अल्लो धेरै उत्पादन हुने भएकोले उद्योग र स्वरोजगारीको ठूलो सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार