सन्दीपको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दामाथिको सुनुवाइ आज पनि हुँदैछ । बहस नसकिएपछि हिजो पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा भइरहेको सुनुवाइमा जाहेरवालाको तर्फबाट १० जना वकिलले बहस गरिसकेका छन् । सन्दीपको तर्फबाट ६ जना वकिलले बहस गरिसकेका छन् भने अझै २ जनाको बाँकी छ ।

उनीहरूले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् । न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलले बहस गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार