पाँच वर्ष यही गठबन्धन टिक्छ ः पूर्व सभामुख सापकोटा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले पाँच वर्ष यही गठबन्धन रहने बताएका छन् । सोमबार दार्चुलामा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यो गठबन्धन पाचै वर्ष सम्म कायम रहनेमा ढुक्क हुन आग्रह गरेका हुन । पत्रकारको प्रश्नको संक्षिप्त जवाफ दिँदै बाहिरिने क्रममा उनले भने, ‘पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस् ।’बाहिर आएको जस्तो सरकार परिवर्तन हुने हल्ला निराधार हो उहाँले भन्नु भयो ।

‘अहिले विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने एकथरीको कसरत भइरहेको छ,’ सापकोटाले भने, ‘तर, तिनीहरूले चाहँदैमा यो गठबन्धन तलमाथि हुँदैन । गठबन्धन पूरै अवधि जान्छ ।’ सरकारले एक वर्षको समीक्षा गर्ने र नयाँ रणनीतिका साथ अगाडि बढ्ने उनले बताए । भोली प्रचण्ड प्रधानमन्त्री बनेको एक वर्ष पुग्दै छ ।

एक वर्षको समीक्षा गरेर राम्रो पक्षलाई अँगाल्दै कमजोरी सच्याएर अगाडि बढ्ने उनले पत्रकार सम्मेलनमा बताएका छन । संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सहभागिता, छिमेकी मुलुकहरु भारत र चीनको भ्रमण तथा इटली भ्रमण अन्तर्राष्ट्रियस्तरमा कुटनीतिक सन्तुलन कायम गर्न प्रचण्ड सरकार सफल भएको उहाँले बताउनु भयो । सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा सरकारले काम गरिरहेको उनले दाबी गरे ।

राष्ट्र र जनताका पक्षमा काम गर्न सकिने अवसर रहेको भन्दै सरकारले गरेका कामहरुको तल्लोस्तरबाट प्रचार प्रसार हुन नसकेको बताएका छन । मित्र राष्ट्रहरु संग कुटनितिक सम्बन्ध कायम राख्न यो सरकार सफल भएको बताएका छन । टिआरसि विधेक हिउदे अधिवेशनपछि टुंगोमा पुगाउने गरी काम भइरहेको बताएका छन ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्र दार्चुलाले तीन महिने अभियानको समिक्षा सहित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न दार्चुला आएका थिए । आजै पूर्व सभामुख सापकोटाले जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरु संग समेत छलफल अन्तरक्रिया गरेको पत्रकार सम्मेलनमा बताउनु भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार