काठमाडौँ — एमालेले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राख्ने भएको छ । रिक्त १९ सिटमा हुने निर्वाचनमा एमालेले जसपा र राप्रपासँग गठबन्धनका लागि वार्ताको तयारी गरेको हो ।

एमालेले मधेश प्रदेशमा जसपाको सरकारलाई समर्थन जारी राखेको छ । कोशीमा कांग्रेसबाट विद्रोह गरी मुख्यमन्त्री भएका केदार कार्कीको सरकार बनाउन एमालेले भूमिका खेलेको थियो । हाल कोशी सरकारलाई एमालेको समर्थन जारी छ । कार्की मुख्ममन्त्री हुनुअघि एमालेका हिक्मत कार्कीको सरकारलाई राप्रपाले समर्थन गरेको थियो । यही पृष्ठभूमिका आधारमा जसपा र राप्रपासँग राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका लागि प्रयास गर्ने जनाएको छ ।

राष्ट्रिय सभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले गठबन्धन गर्न वार्ताको ढोका खुला राखेको बताए । ‘जसपा र राप्रपासँग एक पटक छलफल गर्ने तयारी छ,’ उनले भने, ‘राष्ट्रिय सभा निर्वाचनका मतदाताको हिसाब गरी गठबन्धनको प्रयास हुनेछ ।’

जसपा सरकारप्रति असन्तुष्ट भएको मौका पारी एमालेले मधेश प्रदेशलाई केन्द्रित गरी गठबन्धनका लागि वार्ताको तयारी गरेको हो । राष्ट्रिय सभाबाट एमालेका अध्यक्षसहित ९ सांसदको पदावधि माघ २० देखि सकिँदै छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ९गण्डकी०, इन्दु कडरिया ९सुदूरपश्चिम०, कुमार दसौदी ९लुम्बिनी०, दीपा गुरुङ गण्डकी, दिलकुमारी रावल थापा पार्वती ९वाग्मती०, नरपति लुवार ९कर्णाली०, भैरवसुन्दर श्रेष्ठ ९कर्णाली० र रामचन्द्र राई ९वाग्मती० ले बिदा लिँदै छन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल तथा गठबन्धनको समर्थनबाट निर्वाचिन स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि राष्ट्रिय सभाबाट बाहिरिँदै छन् । यस्तै, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपाका १ सांसदको पदावधि सकिँदै छ ।
जसपासँग तालमेल हुन सके सत्ता गठबन्धनमा विभाजन ल्याउन सकिने एमालेको बुझाइ छ । एमाले प्रवक्ता राजेन्द्र गौतमले राष्ट्रिय सभा निर्वाचनमा मतदाताको विश्लेषण गरी रणनीति बनाउने बताए । ‘उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिनसम्म आवश्यक रणनीति लिइनेछ,’ उनले भने, ‘अहिले नै कोसँग तालमेल गर्ने नीति बनाइसकेका छैनौं ।’ उनले पार्टीका प्रदेश कमिटीले राष्ट्रिय सभा मतदाताको विश्लेषण गरिरहेको बताए ।
जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सभा निर्वाचनमा पहिलो तालमेलको सम्भावना सत्ता गठबन्धनसँग भएको बताए । गठबन्धन दलमा बैठक भएपछि राष्ट्रिय सभा निर्वाचनमा तालमेल स्पष्ट हुने उनको भनाइ छ । ‘पहिलो प्राथमिकता गठबन्धनमै रहेर उम्मेदवार दिने हुन्छ,’ उनले भने, ‘सम्मानजनक सिट बाँडफाँट हुनुपर्छ भन्ने मान्यता हो ।’ उनले गठबन्धनमा सिट बाँडफाँटमा समझदारी हुन नसके एमालेसँग छलफल गर्न सकिने बताए । ‘दलहरूबीच छलफल जहिले पनि खुला हुन्छ,’ उनले भने । जसपाबाट प्रमिला कुमारी ९मधेश० पदावधि सकिँदै छ । जसपाले १९ मध्ये दुई सिट दाबी गरेको एक नेताले बताए । उसले मधेश र लुम्बिनी प्रदेशबाट दुई सिट दिनुपर्ने बताएको छ ।
राप्रपा महामन्त्री धवलशमशेर राणाले राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी प्रमुख दलसँग वार्ताको ढोका खुलै राखेको बताए । ‘अहिले कोसँग वार्ता गर्ने भन्ने टुंगो छैन । एमालेलगायत दलसँग छलफल गर्न सकिन्छ,’ उनले भने । गठबन्धन दलले एमालेका ९ रिक्त पदलाई भागबन्डा गर्ने तयारी गरेका छन् । गठबन्धन हुन नसके एमालेले १९ उम्मेदवार एक्लै उठाउने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए । ‘अहिलेसम्म स्थिति हेर्दा एमालेले एक्लै उम्मेदवार दिने सम्भावना छ । यसको अर्थ अन्य दलसँग वार्ता नै नगर्ने भन्ने होइन,’ उनले भने ।
सत्ता गठबन्धनको भागबन्डा भएपछि मात्र एमालेले आफ्ना उम्मेदवार तय गर्ने जनाएको छ । गठबन्धनको मतभार बढी भएकाले एमालेमा राष्ट्रिय सभा उम्मेदवारका लागि तँछाडमछाड देखिँदैन । सत्ता गठबन्धनमा सहभागी सात दलमध्ये हाल राष्ट्रिय सभामा प्रतिनिधित्व भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीचमा मात्रै साझा उम्मेदवार तय भएमा पनि गठबन्धनको पक्षमा ५१ प्रतिशतभन्दा बढी मत देखिन्छ । करिब ५८ हजार मतभार रहेकामा चार दलीय गठबन्धनको मात्रै ३४ हजार ६ सय ११ मतभार छ । यो भनेको ६० प्रतिशत हो । प्रमुख प्रतिपक्ष एमालेको कुल मतभार १७ हजार २६ छ ।
निर्वाचन आयोगले प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्षरउपाध्यक्ष र नगरपालिकाका प्रमुखरउपप्रमुखका लागि १९ मतभार तोकेको छ ।
मंसिर १२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भएको भेटमा वामपन्थी एकताको प्रसंग उठेको थियो । त्यही प्रसंगमा ओलीले दाहाललाई ‘वामपन्थी एकताको वातावरण बनाउने हो भने राष्ट्रिय सभामा मिलेर लडौं९’ भन्ने प्रस्ताव गरेका थिए । तर, दाहालले ‘हाल सम्भावना नरहेको’ प्रतिक्रिया दिए । माओवादीका एक नेताका अनुसार ओलीले गठबन्धन टुटाउने रणनीति अनुसार माओवादी, कांग्रेस, जसपासँग समयअनुसार विभिन्न प्रस्ताव गर्दै आएका छन् । राष्ट्रिय सभा निर्वाचनमा पनि उनले जसपासँग वार्ताको गृहकार्य सुरु गरेका हुन् । ईकान्तिपुर बाट