१ दिने निशुल्क पशु स्वास्थ्य शिविर संञ्चालन

दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा २ सुण्डमुण्डमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर संञ्चालन गरिएको छ । भेटेरिनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाको आयोजना तथा कृषि तथा पशुपन्छी बिकास शाखा नौगाड गाउपालिकाको प्राबिधिक सहयोगमा १ दिने निःशुल्क पशु स्वास्थ सिबिर कार्यक्रम आयोजनाको गरिएको भेटेरिनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाका सुचना अधिकारी खेमराज भट्टले जानकारी दिनु भएको छ ।
कार्यालयको बार्षिक स्वकृत कार्यक्रम अन्तरर्गत मंगलबार नौगाड गाउँपालिकाको सुण्डमुण्डमा निशुल्क पशु स्वास्थ्य शिविर संञ्चालन गरिएको सुचना अधिकारी भट्टले बताउनु भयो ।
शिविर मार्फत बाख्रा भैसी गाई गोरु कुखुरा, लगायतका पशुहरुलाई निशुल्करुपमा औषधी विरतण गरिएको कार्यालयले जनाएको छ । यस्तै शिविरमा ८० जना कृषकले सेवा लिएका छन । शिविरमा तीन हजार पशु चौपाया ९बाख्रा÷भेडा÷गाईबस्तु०को औषधी बितरण गरिएको कृषि तथा पशुपन्छी बिकाश साखा अधिकृत प्रकाश सिह धामीले बताउनु भयो । यो कार्यक्रम संञ्चालनका लागि कार्यालय १ लाख रुपैयाँ बजेट विनीयोजन गरेको छ ।

यस्तै कार्यक्रम जिल्लाका अन्य थप दुइठाउँमा समेत संञ्चालन गर्ने तयारी भएको भेटेरिनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।
मंगलबार नौगाड गाउँपालिकाको सुण्डमुण्डमा सम्पन्न भएको कार्यक्रममा वडाका अध्यक्ष नरेन्द्र सिह ठगुन्ना,भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रका अधिकृत, खेमराज भट्ट,कार्यालयकै डाक्टर डिगम्बर जोशी नौगाड गाउँपालिका कृषि तथा पशुपन्छी बिकाश साखा अधिकृत प्रकाश सिह धामी लगायत वडाका वडा सदस्य कृषि तथा पशुपन्छी कर्मचारीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको भेटेरिनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार