नेपाल नेत्रज्योति संघ दार्चुलाको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन, सभापतिमा अवस्थी

नेपाल नेत्रज्योति संघ दार्चुलाको जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । नेपाल नेत्रज्योति संघ दार्चुलाको प्रथम अधिवेशनबाट जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
आज शुक्रबार दार्चुला बहुमुखी क्याम्पस खलंगामा सम्पन्न भएको प्रथम अधिवेशनबाट सभापतिमा दिपक प्रसाद अवस्थी रहने गरि १९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको नेपाल नेत्रज्योति संघ दार्चुलाका आजिवन सदस्य लक्ष्मणसिह धामीले जानकारी दिनुभयो ।
जिल्ला कार्यसमितिको उपसभापतिमा शिवदत्त जोशी, सचिवमा कमलराज जोशी, सहसचिवमा जगतप्रसाद अवस्थी, कोषाध्यक्षमा ममता अवस्थी र सहकोषाध्यक्षमा भुवन बहादुर डागा सर्वसम्मत चयन भएको बताउनुभयो ।
सदस्यहरुमा कविता अवस्थी, जगतसिह चैसिर, जमनसिह महरा, राधिका अवस्थी, मोहनी देवी अवस्थी, तोयराज ठेकरे, गौरी बडाल, नारायणदत्त जोशी, उमेशसिह धामी, प्रेमसिह धामी, विरेन्द्रसिह डागा, धनन्जय जोशी र रामसिह डोबाल चयन भएका छन् ।
१९ सदस्यीय कार्यसमितिमा सभापति सहित १३ जना निर्वाचित भएका हुन् भने अन्य ६ जना सदस्य कार्यसमितिको पहिलो वैठकले मनोनित गरेको नेपाल नेत्रज्योति संघ जिल्ला कार्यसमिति दार्चुलाका सभापति दिपकराज अवस्थीले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति संघ दार्चुलाका तदर्थ समिति संयोजक दिपकराज अवस्थीको अध्यक्षतामा संचालन गरिएको प्रथम जिल्ला अधिवेशनमा प्रमुख जिल्ला अधिकारी किरण जोशी प्रमुख अतिथि रहेका थिए भने नेपाल नेत्रज्योति संघका केन्द्रिय प्रतिनिधि शिवराज पन्त विशिष्ट अतिथि रहेका थिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख एवंम् डिएसपी शिबबहादुर सिंह, दार्चुला बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख कृष्ण साउद,नेपाल रेडक्रस दार्चुलाका सभापति गोपालसिह महरा र जिल्ला अस्पताल दार्चुलाका अध्यक्ष दिपकराज जोशी अतिथि रहेका थिए ।
नेपाल नेत्रज्योति संघ दार्चुला स्थापना भई अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्नेमा देशकै ४७ औँ जिल्ला बनेको केन्द्रिय प्रतिनिधि शिबराज पन्तले जानकारी दिनुभयो । हालसम्म ४६ जिल्लामा शाखा स्थापना भएको नेपाल नेत्रज्योति संघका केन्द्रिय प्रतिनिधि पन्तले बताउनुभयो ।
जिल्ला शाखाले आँखाको ज्योति गुमाएका पिडित नागरिकहरुको हकहितमा काम गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै अधिवेशनबाट पौस १४ गते हुने सुदुरपश्चिम प्रदेश अधिवेशनका लागि ६ जना प्रतिनिधि छनौट गरेको छ । प्रदेश अधिवेशन प्रतिनिधिमा दिपकप्रसाद अवस्थी, नारायणदत्त जोशी, राधिका अवस्थी, जगतसिह चैसिर, विरेन्द्रसिह डागा र भुवनबहादुर डागालाई सर्वसम्मत चयन गरिएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार