दार्चुलामा प्रहरीले गत कार्तिक २३ गते बाट सुरु गरेको ‘एक टोल एक कार्यक्रम’ अन्तर्गत हाल सम्म जिल्लाभरीका ५३५ वटा टोलमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाउनका लागि २० वटा विभिन्न शिर्षकमा प्रहरीले नागरीकहरुलाई सचेत गराएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजना तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत गत कार्तिक २३ गते देखि निरन्तर रुपमा उक्त कार्यक्रम संञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।
जसअनुसार आगु औषधसम्बन्धी हाल सम्म ११९ वटा लैगिंङ हिंसा सम्बन्धी ४२ वटा साइबर अपराध सम्बन्धीका १९ मानवबेचविखन सम्बन्धी ४३, बालविबाह सम्बन्धी २६ वटा बहु विबाह सम्बन्धी १३ वटा तथा दाइजो प्रथासम्बन्धी १२ वटा कार्यक्रम सम्पन्न भएको प्रहरी निरीक्षक सिंहले बताउनु भयो ।यस्तै टा«फिक उल्ङघन सम्बन्धी २६, जातीय विभेदका २६ घरेलु हिसाका ३५ मदिरा नियन्त्रणका २८ आत्महत्या सम्बन्धीका ३२ बालयौन दुरुपयोगका २२ जजबरजस्तीका १४ बोक्सी सम्बन्धीका १० तथा जुवातास सम्बन्धीका १४ वटा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । समाजमा हुने विभिन्न खाले अपराधहरुको न्युनिकरण गर्नका लागि प्रहरीले यो अभियान सुरु गरेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रबक्ता ज्ञानेन्द्र बहादुर सिंहले बताउनु भयो ।
अभियान अन्तरर्गत प्रहरी जिल्लाका नौवटै स्थानीय तहका ६१ वडाका प्रत्येक घरघरमा पुग्न थालेको छ । घरघरमा पुगेपछि प्रहरीले स्थानीयहरुलाई घरेलु हिंसा÷लैङ्गिक हिंसा, अवैध हातहतियार, ट्राफिक सचेतना, लागु औषध, जुवातास, घरेलु मदिरा, बाल बिबाह, बहु बिबाह, जबरजस्ती करणी, साईवार अपराध, सार्वजनिक शान्ति बिरुद्धको अपराध, जातिय छुँवाछुत भेदभाव तथा अपमानजन्य व्यवहार, कुटपिट अङ्गभङ्ग तथा गाली वेइजती÷धर्म सम्बन्धी, चोरी÷डकैती÷लुटपाट, आत्महत्या रोकथाम र मानव वेचविखन सम्बन्धि जानकारी गराउने गरेको छ ।
अभियानले नागरिकसँग प्रहरी र प्रशासनको सम्वन्धलाई अझ प्रभावकारी वनाउनुका साथै प्रहरी प्रशासनलाई जन–उत्तरदायी बनाउने र शान्तिसुरक्षामा नागरिकको सहभागिता वढाउने लक्ष्य लिइएको छ ।अभियान सञ्चालनपछि गुण्डागर्दी नियन्त्रण, महिला हिंसा र दुव्र्यवहारको अन्त्य, तस्करी, ठगी, लुटपाट लागुऔषध जस्ता कार्यक्रममा कमि आउने अपेक्षा लिइएको छ । प्रहरीले जिल्लामा लागु औषध विरुद्धको महाअभियान २०८०लाई समेत जारी राखेको छ । प्रहरीले आफना कार्यक्रमहरु बेला बेला जिल्लास्थित पत्रकार तथा सरोकारवालाहरुलाई जानकारी गराउने गरेको छ ।