मालिकार्जुनको एकीकृत शिविर तीन सय बढिले लिए सेवा

मालिकार्जुन गाउँपालिकाले सुरु गरेको एकीकृत शिविर अन्तर्गत सोमबार तीन सय बढिले सेवा लिएका छन् । वडा नम्बर २ मा भएको आठ प्रकारका सेवाअन्तर्गत तीन सय ३५ जनाले सेवा लिएका छन् ।
‘लिएर सेवाका सबै प्रकार, जनताको घरघरमा स्थानीय सरकार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले एकीकृत घुम्ती शिविर वडा नम्बर १ बाट सुरु गरेको थियो । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीको नेतृत्वमा खटिएको टोलीले नागरिकलाई वडातहमै सेवा दिइरहेको हो ।
शिविर अन्तर्गत सामाजिक सुरक्षा भत्ता २७ जना, योजना लागत अनुमान स्टमेट स्वीकृत ९ जना, पशु सेवा परामर्श तथा औषधि वितरण ७९ जना, स्वास्थ्य परीक्षण तथा परामर्श ६५ जना, औषधि वितरण ६५ जना, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा ५७ जना, विद्यालय अनुगमन १ तथा उपभोक्ता समितिलाई प्रशिक्षण ३२ जनालाई दिइएको मालिकार्जुन गाउँपालिकाका एमआइएस अपरेटर लोकेन्द्रसिंह धामीले जानकारी दिए । शिविरमा कुल १६४ महिला र १६१ पुरुषले सेवा लिएका छन् ।
जनतालाई आधारभूत सेवा घुम्ती शिविरमार्फत वडातहमै पु¥याउने काम गरिएको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताए । ‘जनताले सकेसम्म आधारभूत सेवा लिन पालिकासम्म पुग्नुनपरोस भनेर वडातहबाटै घुम्ती सेवामार्फत सेवा प्रवाह थालिएको हो,’ उनले भने ।
शिविरमा एमबीबीएस डाक्टरद्धारा दीर्घरोगी, बृद्धबृद्धाको स्वास्थ्य परिक्षण, औषधि वितरण, पशुजन्य रोग र उत्पादनसम्बन्धी परामर्श तथा उपचार सेवा दिने काम भइरहेको छ ।
वडासम्म शिविर पुगेर सेवा पुगेपछि जानकी धामीले गाउँमै सेवा पाएपछि आफु खुसी भएको बताइन् । पालिकासम्म गएर सेवा लिन सकिने अवस्था थिएन, उनले भनिन्, यही सबै सेवा पायौं खुुसी छौ ।

सम्बन्धित समाचार

ताजा समाचार