चिनियाँ सामाजिक सञ्जाल एप टिकटकले नेपाललाई अर्बौंको घाटा

नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि कतिपय सरकारी अधिकारीहरूले नेपालबाट बाहिरिने ठूलो मात्राको विदेशी मुद्रा जोगिने दाबी गरेका विवरणहरू आएका छन्।

टिकटक चलाउनका लागि धेरै मात्रामा ब्यान्डविथ प्रयोग हुने र त्यो किन्न ठूलो रकम विदेशिने गरेको दाबी उनीहरूको छ।

नेपालमा प्रयोग हुने ब्यान्डविथमध्ये करिब एक तिहाइ हिस्सा टिकटकले ओगटिरहेको भए पनि त्यो मात्र ब्यान्डविथ खपतको मुख्य माध्यम नभएको इन्टरनेट सेवाप्रदायकहरू बताउँछन्।

उनीहरूका भनाइमा बरु सरकारले बन्द गर्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढेको देखिएको छ र त्यसको कारण प्रतिबन्ध छलेर टिकटक चलाउने प्रयास हुनसक्छ।

टिकटक प्रयोगकर्ताले भर्चूअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनको प्रयोग गर्न थालेकाले त्यस्तो भएको हुनसक्ने उनीहरूको भनाइ छ।

सम्बन्धित समाचार

ताजा समाचार