दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा ३ मा रहेको प्रमुख धार्मिकस्थल मालिकार्जुन मन्दिरमा मंसिर १० गते लाग्ने जिल्लाकै सबैभन्दा ठुलो जात्रालाई शान्तीपुर्ण रुपमा सम्पन्न गर्नका लागि जिल्लाबाट ६ जना इन्सपेक्टर खटिने भएका छन । मंसिर १० गते आइतबार चतुरदर्शीका दिन लाग्ने जात्रालाई सभ्यभब्य रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थाको अवस्थालाई मध्यजनर गदैँ जिल्लाभरी रहेका ६ जना इन्पेक्टरको टोली मालिकार्जुन जाने भएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार इलाका प्रहरी कार्यालय लटिनाथमा कार्यरत रहेका इन्सपेक्टर दर्शन खड्का,इलाका प्रहरी कार्यालय लालीमा कार्यरत रहेका डम्मर दत्तभट्ट, र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत रहेका मदन सिह धामीको टोली मालिकार्जुन जात्रामा खटाइने तयारी भएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत गोबिन्द भण्डारी,ज्ञानेन्द्र बहादुर सिंह र इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत रहेका मान सिह ऐरी गरी ६ जना इन्सपेक्टरको टोली मालिकार्जुन जात्रामा खटिने भएको छ ।जात्रामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरी समेत खटिने भएको छ । मालिकार्जुन जात्रालाई सभ्यशान्त रुपमा सम्पन्न गर्नका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाले थप ८ जना टा«फिक प्रहरी माग गरेको छ ।
जिल्लामा अहिले टा«फिक प्रहरीको जनशक्ती कम रहेकाले जात्राको दिन सवारी साधनहरुमा समेत भिडभाड हुने भएकाले यसलाई नियन्त्रण गर्नका लागि प्रदेश टा«फिक प्रहरी कार्यालयबाट थप ८ जना टा«फिक प्रहरीको माग गरिएको डिएसपी शिव बहादुर सिंहले जानकारी दिनु भएको छ ।
उनीहरुले गोकुलेश्वर देखि दार्चुला खलंगासम्मको सडक क्षेत्रमा सुरक्षा दिने भएका छन । जिल्लामा अहिले टा«फिक प्रहरीका ३ वटा युनिटहरु रहेका छन । ति युनिटहरुमा जम्मा ७ जना मात्रै टा«फिक प्रहरी रहेका छन । मालिकार्जुन मन्दिरमा लाग्ने जात्रालाई सभ्यभब्य र शान्ती पुर्ण रुपमा मनाउनका लागि हिजो नै जिल्लाबाट इन्सपेक्टर गोविन्द भण्डारीको टोली मालिकार्जुनमा खटिएको छ । त्यहाँ पुगेर उनले जात्रामा हुने गुण्डागर्दी नियन्त्रण, जाडरक्सी जुवातास खाएको वा बेचविखन गरेको पाइएमा कारबार्हिन गर्ने जस्ता सन्देश दिन घरघर पुग्न थालेका छन ।
आज मात्रै धनगढीबाट मिनिट्रकमा आएको रक्सी प्रहरीले चौतेलीचौरा बरामद गरेको छ । धनगडीबाट आएको रक्सी मालिकार्जुनमा इन्सपेक्टर गोविन्द भण्डारीको टोलीले बरामद गरेको हो ।
ट्रकमा आएको रक्सी विल भन्दा बढि देखिएको भन्दै राजस्व समेत छलि हुने देखिएपछि रक्सी बरामद गरिएको इन्सपेक्टर गोविन्द भण्डारीले जानकारी दिनु भयो । प्रहरीले चैतेलीचौराबाट ९२ पेटी रक्सी बरामद गरेको छ । उक्तरक्सी जात्रा सम्पन्न भएपछि धनगढी नै फिर्ता पठाइने भएको छ ।
इन्सपेक्टर भण्डारीको टोलीले आज मात्रै ग्वानी, उल्लानी, खालीडाणा, मल्बाब, चौड र बजार एरियामा मदिरा कारोबार नगर्न स्थानीयहरुलाई मार्किङ मार्फत सचेत गराइएको छ । मालिकार्जुन जात्रा जिल्लाकै प्रमुख ठुलो जात्रा हुने भएकाले शान्तीसुरक्षा मजबुद बनाइएको छ । मालिकार्जुनमा मदिरा कारोबार गर्ने व्यवसायीहरुलाई पनि प्रहरीले जात्राको दिन मदिरा पुर्ण रुपमा बन्द गर्न भनेको छ । जात्रामा कोही कसैले मदिरा सेवन गरेको भेट्टिए तत्काल कारबार्हि गरी मुद्धा चलाउने चेतावनी दिएको छ ।
जात्रामा दार्चुलाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा समितिको पुरै टोली सहभागि हुने कार्यक्रम रहेको छ ।यसका लागि मालिकार्जुनमा आज देखि नै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । जात्राको दिन सादा पोसाकमा समेत प्रहरी खटाइने भएकाले कोही व्यतिm दोषी देखि झैझगडा गरेको पाइए कारबार्हि गर्ने प्रहरीले चेतावनी समेत दिएको छ ।जिल्ला सुरक्षा समितिले जात्रामा गत विगतका वर्षहरुमा हुने गुण्डागर्दी नियन्त्रण, जाडरक्सी जुवातास नियन्त्रणमा गरेरै छोड्ने जनाएको छ । मालिकार्जुन जात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका झण्डै ३सय भन्दा बढि सुरक्षाकर्मी खटाउने तयारी गरेको छ ।