माओवादीलगायतसँग पार्टी एकता गर्न बाबुरामको नेतृत्वमा संयोजन समिति बनाउने नेसपाको निर्णय

काठमाण्डौ – नेपाल समाजवादी पार्टी ९नेसपा० ले समान विचार भएका पार्टीको एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।

काठमाण्डौमा आज बुधवार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा ९माओवादी केन्द्र० लगायत विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता गर्दै लैजाने निर्णय गरेको हो । अध्यक्ष भट्टराईको संयोजकत्वमा गठित संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहध्यक्ष गङ्गानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य रहने पार्टीले जनाएको छ ।

सङ्गठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने र सबै पालिकाहरूको बैठक, समिति गठन र पुनःगठन पुस मसान्तसम्म गरिसक्ने निर्णय पनि गरेको पार्टीले जनाएको छ । त्यसैगरी मङ्सिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने र वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । भूकम्पमा परि घाइते भएकाहरूको उपचार, भूकम्प पीडितलाई राहत र पुनःस्थापनाका लागि सरकारलाई अनुरोध गरेको पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार