काठमाण्डौ – मधेस प्रदेशसभा सदस्य सञ्जिलाकुमारी यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज बुधवार मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई शपथ गराउनुभएको हो ।
विन्दुकुमारी यादवको गएको भदौमा निधन भएपछि रिक्त स्थानका लागि निर्वाचन आयोगले सिरहा निवासी यादवलाई निर्वाचित गरेको थियो ।
सञ्जिलाकुमारी यादव जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य एवम् समाजवादी महिला सङ्घ मधेस प्रदेश समितिकी अध्यक्ष पनि हुनुहुन्छ ।