काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले एक दिवसीय क्रिकेटमा सचिन तेन्दुल्करले बनाएको ४९ वटा शतकको बराबरी गरेका छन् ।
आफ्नो ३५ औं जन्मदिनका दिन विराटले विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध शतक पूरा गरेपछि सचिनको बराबर पुगेका हुन् ।
४६३ वटा एक दिवसीय क्रिकेटमा सचिनले ४९ शतक र ९६ अर्धशतकको मद्दतमा १८ हजार ४२६ रन बनाएका छन् ।
विराटले भने २८८ वटा एक दिवसीय क्रिकेटमै ४९ शतक पूरा गरेका हुन् । ७० अर्ध शतक पनि पूरा गरेका विराटले एक दिवसीय क्रिकेटमा १३ हजार ६२६ रन बनाएका छन् ।
विराटको शतक मद्दतमा भारतले दक्षिण अफ्रिकाविरुद्ध ५ विकेट गुमाएर ३२६ रन बनाएको छ ।