सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरेपछि विराटले के भने

श्रीलंकाविरुद्धको खेलमा आफ्नो ४९ औँ शतक प्रहार गरेका विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरेका छन् । तर विराटले यो कीर्तिमान बराबरी गरे पनि सचिन तेन्दुलकरको लिगमा सामेल हुन नसक्ने बताएका छन् ।

आइतबार आफ्नो ३५ औँ जन्मदिनमा विराटले दक्षिण अफ्रिकाविरुद्ध १ सय २१ बलमा १०१ रन बनाएका थिए । उनको शानदार इनिङले टोलीलाई २ सय ४३ रनको जित दिलायो ।

खेलपछि कोहलीले भने, ‘यो सब मेरो लागि धेरै छ, मेरो हिरोको कीर्तिमान बराबरी गर्नु मेरो लागि विशेष हो । जब ब्याटिङको कुरा आउँछ, उहाँ उत्कृष्ट हुनुहुन्छ, म कहिल्यै पनि उहाँ जत्तिकै राम्रो गर्न सक्दिनँ ।ु

ुयो मेरो लागि धेरै भावुक क्षण हो, मलाई थाहा छ म कहाँबाट आएको हुँ । एक दिन थियो जब मैले उहाँलाई ९सचिन तेन्दुलकर० टिभीमा देखेको थिएँ र अहिले उहाँबाट प्रशंसा पाउनु मेरो लागि ठूलो अर्थको विषय हो ।ु

कोहलीले आफूसँगको कीर्तिमान बराबरी गरेपछि सचिन तेन्दुलकरले लेखेका छन्, ‘राम्रो प्रदर्शन विराट । ४९ बाट ५०उमेर मा जान मलाई ३ सय ६५ दिन लाग्यो, मलाई आशा छ कि तपाईं चाँडै ४९ बाट ५० मा जानुहुनेछ र अबको केही दिनमा मेरो रेकर्ड तोड्नुहुनेछ, बधाई छ ।

सम्बन्धित समाचार

ताजा समाचार