सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिने बित्तिकै रिगल को प्रहरीसमक्ष आत्मसमर्पण

नेपालगन्ज – सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल रिगलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।बिहीबार रिगल आफै जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।
संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको थियो ।
आदेश लगत्तै प्रहरीले रिगललाई खोजी थालेको थियो । उनले संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर ४ भदौमा छुटेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार