भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कंडेलबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच शुक्रबार उत्तर प्रदेशको प्रयागराज लखनउस्थित मुख्यमन्त्री योगीको कार्यकक्षमा भेटवार्ता भएको हो ।
उक्त भेटमा नेता कंडेलले विशेष गरी उत्तर प्रदेश राज्यसँग जोडिएका नेपाल र भारतका सिमाक्षेत्रमा हुने समस्यालाई न्यूनीकरण गर्न,सहज आवत(जावतको व्यवस्था मिलाउन र दुई देशबीचको ब्यापार नीतिलाई समयानुकुल परिमार्जन गर्न आवश्यक रहेको मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
नेता कंडेलले लुम्बिनी प्रदेशका तराईका सबै जिल्ला उत्तर प्रदेशसँग जोडिएकाले लुम्बिनी प्रदेशको औद्योगिक, आर्थिक र पर्यटन विकासमा सहयोग गर्न माग गरेका थिए ।
क्गशगपष् म्बकजबष्ल इााभच
सीमा क्षेत्रमा रहेका सुस्ता अतिक्रमण,गण्डक बाँध लगायत समस्या दुई देशको उच्चस्तरीय वार्ताबाट समाधानमा सहयोग गर्न गर्न पनि नेता कंडेलले माग गरेका उनका स्वकीय सचिव कमलकिशोर रायमाझीले जानकारी दिए ।
उत्तर प्रदेशको २४ करोड जनसंख्याको केही प्रतिशत मात्रै जनसंख्यालाई हरेक वर्ष लुम्बिनी प्रदेशका धार्मिक र पर्यटकीय स्थलमा भ्रमण गराउन सके यहांको आर्थिक विकासमा टेवा पुग्ने भएकाले यसमा सहयोग गर्न पनि नेता कंडेलले आग्रह गरेका छन् ।
भेटवार्तामा नेता कंडेलले मुख्यमन्त्री योगीलाई लुम्बिनी प्रदेशका धार्मिक स्थलहरु नवलपरासी त्रिवेणीको गजेन्द्रमोक्षधाम, रुपन्देहीको लुम्बिनी, पाल्पाको बसन्तपुर, श्रीनगर, प्युठानको स्वर्गद्वारीको भ्रमणका लागि निम्तोसमेत दिएका थिए ।
मुख्यमन्त्री योगीले समय मिलाएर भ्रमणमा आउने बताएका कंडेलको सचिवालयले जनाएको छ । भेटमा उत्तर प्रदेशका पूर्वमन्त्री सुजन त्रिपाठी, व्यवसायी योगेश बाजपेयी लगायतले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा पनि सुमधुर बनाउनुपर्नेमा जोड दिएका थिए ।