काठमाडौं । विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि ७ विकेटको जित हात पारेको छ । शनिबार अहमदावादमा भएको खेलमा पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर ३० ३ ओभरमा पूरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्माले ८६, श्रेयस ऐयरले अविजित ५३, केएल राहुलले अविजित १९ तथा विराट कोहली र शुभमन गिलले १६÷१६ रनको योगदान गरे । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२।५ ओभरमा अलआउट हुँदै १९१ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले अर्धशतक पूरा गरे भने मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह साफिकले २० र हसन अलीले १२ रन बनाउनुबाहेक अन्य ब्या६रले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
बलिङतर्फ भारतका जसप्रित बुमरामह, मोहम्मद सिराज, हार्दिक पाण्डे, कुलदीप यादव र रवीन्द्र जडेजाले समान २ विकेट लिए । बलिङमा पाकिस्तानका सहिन साह अफ्रिदीले २ तथा हसन अलीले एक विकेट लिए ।