एसियाली खेलकुदमा भारतलाई पहिलाेपल्ट १०० पदक

एसियाली खेलकुद प्रतियोगिताको इतिहासमा पहिलोपल्ट भारतले १०० पदक जितेको छ । भारतीय वुमेन्स कबड्डी टिमले चाइनिज ताइपेलाई फाइनलमा २६–२५ ले हराएसँगै मिलेको पदक भारतका लागि १००औँ पदक थियो ।

एसियाली खेलकुदको १४औँ दिन भारतले आर्चरी कम्पाउण्डमा चार पदक जित्यो । यसमा २ स्वर्ण, एक रजत र एक कास्य छ ।

अहिलेसम्म चीन १ सय ८७ स्वर्ण, १ सय ४ रजत र ६३ कास्य जितेर कुल ३ सय ५४ पदकसहित पहिलो स्थानमा छ । ४७ स्वर्ण, ५७ रजत र ६५ कास्य जितेको जापान १ सय ६९ पदकसहित दोस्रो स्थानमा छ । यसैगरी तेस्रोमा रहेको दक्षिण कोरियाले ३६ स्वर्ण, ४९ रजत र ८४ कास्य जितेको छ । चौथो स्थानको भारतले २५ स्वर्ण, ३५ रजत र ४० स्वर्ण जितेर पदक संख्या १०० पुर्‍याएकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार