चौलानी नदीमा विपद् उद्वार अभ्यास

दार्चुला । चौलानी नदीमा विपद् उद्वार अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको आयोजनामा चैलानी नदीमा विपद् उद्वार अभ्यास गरिएको हो ।
शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर स्थित चौलानी नदीमा विपद् उद्धार अभ्यास गरिएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । भुकम्प, आगलागी, कटान, डुवान, भुक्षयीकरण लगायतका विपदमा मानवीय तथा भौतिक बस्तुको उद्दार एव सुरक्षाका लागि पुर्व अभ्यास गरिएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले नदीमा हराएका मानिसको उद्दार एवं भुकम्प, आगलागी, कटान, डुवान, भुक्षयिकरण लगायतका विपदमा उद्दार कार्यबारे अभ्यास गरिएको उनले बताइन् ।
अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक डम्बर बहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी शिवबहादुर सिह, अनुसन्धान अधिकृत भगेन्द्र बहादुर चन्द, नेपाली सेनाका जमदार सुर्दशन पाण्डे, शैल्यशिखर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिह धामी, रेडक्रस दार्चुलाका मन्त्री दिपक अवस्थी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार